महानगरले हटायो डोजर प्रयोग गरी काठमाडौं मलअगाडिका अनधिकृत संरचना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह बालेनको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काएको छ । संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए । अवैध संरचना भत्काउन र पसल खाली गराउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्