काठमाडौं मलपछि न्यूरोडको आरबी कम्प्लेक्समा महानगरले चल्यो डोजर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा प्रयोग गरेको र नक्सा पास बिना बनाइएका संरचना भत्काउने क्रममा महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काएको छ । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । उनले दुई दिनअघि बानेश्वरस्थित बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउने अभियान थालेका थिए ।

सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ । अवैध संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको छ । शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि खटिएकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्