१७ दिनपछि भटियो तामाकोशी नदिमा बेपत्ता भएको युवकको शव

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखामा स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा बेपत्ता भएका युवकको शव भेटिएको छ । जिल्लाको बिगु गाउँपालिका १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका २७/२८ वर्षका रमेश बस्नेतको शव भेटिएको हो ।

साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका १ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने बस्नेत बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङका अनुसार उनको शव १७ दिनपछि फेला परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव भेटिएको  प्रहरीले जनाकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्