भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।

‘म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’उनले लेखेका छन् । उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् ।

यसअघि उनलाई सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए । त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनले मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित भएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्