‘विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको हुन् ।

कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताएका छन् । उनले भने, ‘विगतका वर्षहरुमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।’  माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताए ।

माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उनले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताए । बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उनको भनाइ छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए ।

शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उनले माडीको विकास बिना चितवनको समृद्धिको सपना साकार नहुने बताए । उनले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्