महाकाली नदीमा दश वर्षीया बालिका बेपत्ता

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिका नदीमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिए । ‘बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ,’ उनले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्