भारतमा मंगलबार १० हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी, ३६ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतमा मंगलबार १० हजार ६ सय ४९ जना कोरोना संक्रमण पुष्टी भएको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भएसँगै एक दिन अगाडी मंगलबार प्रकाशित तथ्याङ्क अनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार ४ सय ४२ जना रहेका छन् ।

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्