‘सत्ता गठबन्धनमा एक दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्छ’ : महासचिव गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केहि दिनभित्रनै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका हुन् ।

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको पनि महासचिव गुरुङले बताएका छन । उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताएका हुन् । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए ।

अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्