बिहिबार १८ दशमलव ३० अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८ दशमलव ३० अंकले घटेर २०३९ दशमलव ५४ बिन्दुमा पुगेको हो ।

बिहिबार कुल २१९ कम्पनीको ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार माथिको सेयर कारोबार भएको छ ।  बिहिबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ६५ हजार २ सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी बिहिबारको सेयर बजारमा माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्