सहकारी विभागले जारी गर्यो साधारण सभा सञ्चालन सम्बन्धमा १२ बुँदे मार्गदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सहकारी विभागले सहकारीको साधारण सभा सञ्चालन सम्बन्धमा मार्गदर्शन जारी गरेको छ । विभागले बिहिबार सहकारीहरुलाई साधारणसभा सञ्चालन गर्न १२ बुँदे मार्गदर्शन जारी गरेको हो ।

विभागले जारी गरेको मार्गदर्शनमा सभा गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।  कोरोनाको प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी सभा गर्न  मार्गदर्शनमा  भनिएको छ ।

सभा सकेको १५ दिन भित्र निर्णयाको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात विभागमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै आर्थिक वर्ष व्यतित भएको तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न समेत भनिएको छ । त्यस्तै साधारण सभाको सूचना प्रकाशन गर्दा तीस दिन अगावै प्रस्तावसहितको सार्वजनिक सूचना जारी गर्नुपर्ने जनाएको छ  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्