मेयर बालेनले डोजरको प्रयोग गरि हटाए अल्फाबिटाको अवैध संरचना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहकै नेतृत्वमा डोजरलाई अल्फाबिटा कम्लेक्समा प्रवेश गराइएको हो ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा डोजर चलाएको छ ।

कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । बालेनले भवनको विद्युत अवरुद्ध नहुने गरी भत्काउन निर्देशन दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्