अल्फाबिटाको अबैधानिक संरचना हटाएको प्रति मेयर बालेन भन्छन् -‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अल्फाबिटा कम्लेक्समा डोजर चलाउँदा आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजरको प्रयोग गरि हटाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिंदै अवैध संरचनामा आफ्नै नेतृत्वमा डोजरलाई अल्फाबिटा कम्लेक्समा प्रवेश गराए पनि आफुले केहि नबिराएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए, मैले के बिराएँ’ । अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ।’

उनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना गर्दै सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिन समेत आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्