काठमाडौंमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राजधानी सहर भएर पनि काठमाडौंमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको बिहिबारको बैठकमा सांसदहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताएका हुन् ।

बैठकमा सांसदहरु कमला पन्त, जगप्रसाद शर्मा, नन्दा चपाइँ, कृष्णप्रसाद पौडेललगायतले सहरमा वुद्धिजीवी र प्रतिष्ठित मानिसको बसाइ हुने भए पनि फोहर र अव्यवस्थाले गिज्याएकामा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । फोहर व्यवस्थापनमा बञ्चरेडाँडाको विकल्पसमेत खोजिनुपर्नेमा सांसदहरुले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुले उठाएका सरोकारको जवाफ दिनुहुँदै सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले फोहर व्यवस्थापनका लागि मन्त्रालयले समन्वयको काम गरिरहेको बताएका छन् । राजधानीको जाम व्यवस्थित गर्न बागमती, रुद्रमति, विष्णुमतीलगायत नदी किनारमा बनेको कोरिडोरले सहयोग गरिरहेको उल्लेख गर्दे यस विषयमा काम गर्ने सबै निकायको समन्वयका लागि विधेयक मस्यौदा गरी कानुन मन्त्रालय पठाइएको जानकारी दिएका छन् ।

प्राधिकरणको उपलब्धिका विषयमा प्रस्तुति गर्दै नायव विकास आयुक्त नवराज प्याकुरेलले सरकारले आर्थिक वर्ष २०६१-६२ को बजेट भाषणमार्फत काठमाडौं उपत्यकामा प्रस्ताव गरिएको ७२ किमी बाहिरी चक्रपथमध्ये ५४.४८ किमीको विस्तृत परियोजना प्रस्ताव तयार भएको जानकारी दिएका छन् । सतुङ्गल खण्डको ६.६ किमीको जग्गा अधिग्रहणका लागि सरकारसमक्ष पेश गरिएको जानकारी पनि उनले गएक छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्