कांग्रेसले आजदेखि ७७ जिल्लामै ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दै

congress
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार आजबाट ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले देशैभर उक्त अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्