मेयर साहको कदमलाई पूर्वमन्त्री झाँक्रीको समर्थन, भन्छिन् -‘अब पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफुलाई जस्तो दलिय दवाव नहुने भएकाले सँग मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् । शुक्रबार सामाजीक सञ्जाल फेसबुकमाफत उनले मेयर साहको कदमलाई समर्थन गर्दै सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकि हुन् ।

उनले सामाजीक सञ्जाल फेसबुक लेखेकी छन्, ‘मेरो समर्थन मेयर बालेन जीलाई, यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने, मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ, निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो, स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो, मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं, सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ, मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन ।’

झाँक्रीले मेयर साहको एक्सनलाई प्रंशसा गर्दै उनले माथिल्लो तहको दबाबले आफू मन्त्री हुँदा बागमति करिडोरको संरचना हटाउन नसकेको भन्दै अब उपत्यकाका नदी किनारका अतिक्रमण हट्नेमा विश्वास व्यक्त गरेकी छन् । उनले मन्त्री हुँदा बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको बताउँदै निर्वाचन आएको छ यसो नगरौ भन्ने दवाव आयो र स्थगित गर्नु परेको  समेत खुलाएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्