धरानमा वृक्षरोपण गरि प्रचण्डले पूरा गरे हर्क सम्पाङसँगको श्रमदान गर्ने बाचा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हर्क साम्पाङसँग श्रमदान गर्ने बाचा पूरा गरेका छन् । अध्यक्ष दाहाल शुक्रबार धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले बाचा पुरा गरेका हुन् ।

दुई साता अघि काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए । सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष दाहालले वृक्षारोपण गर्दै भने मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एकजना प्रगतिशिल गीतकारलाई असाध्यै लोकप्रिय जेबी टुहुरेलाई सम्झेको छु । आज जेबी टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उनकै लागि समर्पित भएको म घोषणा गर्न चाहान्छु ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्