राहदानी विभागले अटेर गरेपछि महानगरपालिका आफैले विभागको पार्किङ एरिया खाली गराउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागभित्र रहेको पार्किङ एरिया खाली गराउने भएका छन् । दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरेपछि पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिने भएका हुन् ।

उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउन लागेको हुन् ।  बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेनले शुक्रबार भने राहदानी विभागको पार्किङ एरिया खाली गराउने भएका हुन्  ।

विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन । जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ । विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’ का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्