पिपुल्स पावरको आइपीओ बाँडफाँट, १३ लाख ७६ हजार ६४१ जनाको हात खाली !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा आइतबार दिउँसो २ बजे आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले जारी गरेको उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरेको छ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली भएको छ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्