पाँच सहकारीबीच मर्जरमा जाने सम्झौता, बन्यो नेशनल आइडल यमुना बचत सहकारी संस्था

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो ।

गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब पुग्ने भएको छ भने बचत रु चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ हुनेछ । रु चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति रु सात अर्ब ५८ करोड एक लाख ७५ हजार एक सय ९६ पुग्ने पनि जनाइएको छ । गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि।’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयरपुँजी रु ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएका छन् । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ । कर्जा जोखिम कोष रु १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ । त्यसैगरी संस्थाको तरलता रकम रु एक अर्ब १३ करोड ९८ लाख ८७ हजार आठ सय १७ रहने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्