आइतबार ३३ दशमलव ३६ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३३ दशमलव ३६ अंकले घटेर १९८९ दशमलव २६ बिन्दुमा पुगेको हो ।

आइतबार कुल २२४ कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार माथिको सेयर कारोबार भएको छ । आइतबार अरुण काबेली पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा रु-रु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यसैगरी बिहिबारको सेयर बजारमा राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्