पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर घट्दो : २ सय २ जनामा संक्रमण पुष्टी, १ जनाको मृत्‍यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार २ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ हजार ८ सय ३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्‍यु भएको छ । २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६४ जना र १ हजार ७ सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाकारी दिएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २ सय ४ पुगेको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्