रूकुम पश्चिममा पहिरोमा परेर आमा छोरीको मृत्यु, एक जना घाईते

Ad
  • कालोपाटी सम्बाददाता

रूकुम । रूकुम पश्चिममा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको भएको हो ।

उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जनाकारी दिएका छन् । भेरी नगरपालिका १ मैतेस्थित माइती घरबाट फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।

आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई आइतबार दिउँसो करिब १ बजेतिर पुरेको थियो ।  पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्