सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन दुईवटा डोजर तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । सुपरमार्केट सञ्चालन गरिएको अर्केडभवनको अनधिकृत संरचना भत्काउन लागेको  हो ।

अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको छ । नगर प्रहरीले सामान हटाउन समय दिने बताए पछि  अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।

महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्