सेयर बजार सम्बन्धि सचेतनामूलक फिल्म बनाउने धितोपत्र बोर्डको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धि सचेतनामूलक फिल्म बनाउने तयारी गरेको छ । बोर्डले बरिष्ट कलाकार मह जोडी बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँग फिल्म निर्माणका विषयमा प्रारम्भिक छलफल गरिसकेको र केहि समयभित्र नै सम्झौता गर्ने गरि फिल्म बनाउने तयारी गरेको हो ।

उक्त फिल्मको मुख्य भूमिका मदन कृष्ण श्रेष्ठ हरिबंश आचार्यको रहने बोर्डले जनाएको छ । बोर्डका अनुसार ३० मिनेट हाराहारीको बन्ने भिडियोमा सेयर बजार भनेको के हो ?, धितोपत्र बोर्ड भनेको के हो ?, सेयरमा लगानी गर्दा के-के कुरामा ध्यान दिने ?’ लगायतका विषयलाई निकै रमाइलो ढंगले प्रस्तुत गरिने तयारी गरिएको छ ।

यसले समग्र सेयर बजारमा लाग्न खोजेकाहरु र लाग्नेहरुलाई झकझाकाउने विश्वास बोर्डले लिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्