शाश्वत सहकारीको ३७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उत्तम अर्याल पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सहकारीको करोडौं रकम हिनामिना गरेको अभियोगमा सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पक्राउ परेका छन् । काठमाडौंको कलंकीमा रहेको शाश्वत सहकारीको झण्डै ३७ करोड रुपैयाँ हिनामिनामा गरि ५ करोड ३४ लाख रुपैयाँ अपचलन गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।

सहकारीमा रहेको बचत रकम हिनामिना गरेको भन्दै सो सहकारीका अध्यक्ष राजेन्द्र बस्नेत पनि पुर्पक्षका लागि हाल थुनामा रहेका छन् । अध्यक्ष उत्तम अर्याल शाश्वत सहकारीका लेखा समिति संयोजकका रुपमा छन् ।

१४ वर्षअघि कलंकीमा स्थापना भएको शास्वत बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा नै ठूलो आर्थिक कारोबार गर्ने गरी संस्थागत उपलब्धि हाँसिल गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्