खुल्यो चुरोट, सुर्ती र तास आयातमा लागाएको प्रतिबन्ध !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले चुरोट तथा सुर्तीजन्य वस्तुको आयात भएको प्रतिबन्ध खुलाउने भएको छ । मंगलबार सरकारले व्यपारीसँगको सौदाबाजीमा चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना,कुरमुरे-लेज, रंगीन टीभी र हिराको आयातमा गरिएको प्रतिबन्ध खुलाउने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना भएपछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । सरकारले प्रतिबन्ध खुलाएको तासको आयात भने जुवा ऐन २०२२ विपरित छ । सरकारले दशैं तिहारलाई लक्षित गर्दै प्रतिबन्ध खुकुलो बनाएको भएपनि आवश्यकता अनुसार प्रतिबन्धलाई व्यवस्थित बनाउन नसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

त्यस्तै सरकारले जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध भने असोज २८ गतेसम्म लम्बाएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्