बुधबार २१ दशमलव ९७ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २१ दशमलव ९७ अंकले घटेर १९७३ दशमलव ३८ बिन्दुमा पुगेको हो ।

बुधबार कुल २२४ कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार माथिको सेयर कारोबार भएको छ । बुधबार नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ७४ लाख ८३ हजार ६ सय २१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा हिमालयन पावर पार्टनर्स लिका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । यसैगरी बुधबारको सेयर बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रवर्द्धकका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्