महामन्त्री गगन थापाले दिए काठमाडौं ४ बाट उम्‍मेदवार बन्‍न आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार दर्ता गराएका छन् । बुधबार महामन्त्री थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं.४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका हुन् ।

यसअघि पार्टीले थापालाई कास्की १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन त्यहाँका नेता कार्यकर्ताले पहल थालेका थिए । क्षेत्रीय समिति बैठकमा थापालाई उम्मेदवारको प्रस्तावसहित कास्की कांग्रेसका सचिव भानु ढकाल निवेदन दर्ता गरेका थिए । समितिले उम्मेदवार बन्न चाहनेलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न भनेको थियो । महामन्त्री थापा ७४ को चुनावमा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्