शुक्रबार १ दशमलव ६७ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १९७० दशमलव ६२ बिन्दुमा पुगेको हो ।

शुक्रबार कुल २१९ कम्पनीको १८ लाख १ हजार २ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड ८८ लाख ५ हजार माथिको सेयर कारोबार भएको छ । शुक्रबार नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ४ लाख ९८ हजार ८ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा सिद्धार्थ लगानी वृद्धि योजना २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । यसैगरी शुक्रबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्