अफगानिस्तान पठाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका(२१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्‍दै आएका ३९ वर्षीय रविन अधिकारीलाई प्रहरीले गरेको हो ।

पीडितहरुबाट प्रतिव्‍यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उनी माथी उजुरु परेको थियो । सो उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्