महोत्तरी ४ (ख) मा प्रत्यक्षतर्फ सिफारिस ई. प्रेम चन्द्र राय को हुन् ?

Ad
  • कालोपाटी सम्बाददाता

आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा विभिन्न दलहरु बाट सिफारिस भएका उम्मेद्वारहरुका चर्चा, यति बेला नेपाली जनमानसमा बढ्दै गएको छ । यसै बिच मधेश प्रदेशको राजनैतिक हब मानिने महोत्तरी जिल्लाको क्षेत्र नं ४ (ख) प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस भएका ई. प्रेम चन्द्र राय जिल्लावासीहरुको चर्चाको विषय बन्न पुगेका छन् । ३५ वर्षिय ईन्जिनियर राय नेपाली कांग्रेस केन्द्रिय परिपत्र अनुसार प्रत्यक्षतर्फ ३ जनाको सिफारस छनोटका लागी भएको निर्वाचनबाट जिल्ला उपसभापति राजाराम यादव र महादिबेशन प्रतिनिधि दिपतान्सु प्रताप सिंह ( नवीन ) संगै सिफारिस भएका हुन् ।

प्रत्यक्ष तर्फ सिफारिस भएका युवा ईन्जिनियर राय मधेशको राजनितिमा नयाँ अनुहार भएकै कारण समग्र प्रदेशमा उन्को बारे चर्चा परिचर्चा चल्ने गरेको छ । ईन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट जलवायु परिवर्तन र बिकास नामक विषयमा स्नातकोत्तर अध्ययन गरेका राय, नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा आबद्ध रहि लोकतान्त्रिक ईन्जिनियरहरु माझ विभिन्न नेतृत्वदायी भुमिकामा कार्य गरिसकेका लोकप्रिय अनुहार हुन् । विगत १२ वर्ष देखि ईन्जिनियरिगं विषयहरुमा अध्यापन गर्दै आएका प्रेमचन्द्र शिक्षा, प्रविधि, स्वास्थ्य, सामाजिक बिकास र वातावरणमा विशेष रुची राख्दछन् ।

साधारण परिवारमा जन्मेका ईन्जिनियर राय नेपाली समाजमा राजनिती प्रतिको आम धारणामा सकारात्मक परिवर्तन ल्याउनका लागी आफु राजनितिमा अग्रसर भएको बताउछन् । आफु सानो हुदा निः स्वार्थ भाव सहित आफ्ना बुवाले समाजको विकासका लागी गरेका सामाजिक कार्यहरुले आफुलाई प्रेरणा दिएको र सकारात्मक समाज निर्माण बाट मात्रै देशमा विकास सम्भव छ भन्ने कुरामा विश्वास राख्दछन् । आफ्नो वर्षौको विज्ञतालाई सोहि क्षेत्रका अग्रजहरुको अनुभव र युवाहरुको जोषलाई साथमा लिएर आफ्नो क्षेत्रलाई नविन नेपालको नमुना क्षेत्र बनाउने लक्ष्य रहेको उन्ले बताए ।

नेपालका स्थापित राजनैतिक दलहरु प्रति संशय राख्ने युवा जमातमा ईन्जिनियर प्रेम चन्द्र रायको उम्मेद्वार सिफारिसले नेपाली कांग्रेस प्रतिको विश्वास र धारणामा सकारात्मकता र सबलता प्रदान गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्