साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, अर्को खेल श्रीलङ्कासँग

Ad
  • कालोपाटी सम्बाददाता

छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले भुटानलाई  ४–० को अन्तरले हराएको छ । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले  २-२ गोल गरे ।

नेपालको तर्फबाट  सावित्राले दुवै हाफमा गोल गरिन् । खेलमा अनीता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे ।

पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्