राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप : अभियोग पुष्टि भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार र करणीको  किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको हो। लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा  १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी प्राबधान छ   ।

१७ बर्षे बालीकाको अनुसार स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । प्रहरी स्रोतका अनुसार बालिकाको  स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान सुरु भएको छ।

बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ भने होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ । अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्