महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

Ad
  • कालोपाटी सम्बाददाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन्  । जसमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या छ छ । चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार छन् ।

यद्यपि यहाँ निवर्तमान सांसद डा यादव र नेकां केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ । निर्वाचनमा खुला प्रचारको अवधि सकिनैलाग्दा धेरैजसो अन्तिम आकर्षक सभाको तयारीमा जुटेका छन् ।

निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ । क्षेत्रमा धेरैजसो डा यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिएको पाइएको छ । यसअघि २०७४ मा डा यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका  थिए  । त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन्  ।

सत्ता गठबन्धनबाट राय उम्मेदवार छन्  । त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता रायको पक्षमा जुटेका छन् । यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन । त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन् ।

खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन् । जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका  छन्  ।

महोत्तरी–४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ (सबै), सम्सी गाउँपालिकाका सात (सबै) र सोनमा गाउँपालिकाका आठ (सबै) गरी जम्मा ३७ वडा समेटिएका छन् । प्रदेशसभा () मा १८ र प्रदेशसभा () मा १९ वडा छन् ।

महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा () () मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपाका कौशलकुमार राय (यादव) र नेकपा (माओवादी केन्द्र)का लालेन्द्रकुमार मण्डल छन्  । उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट सङ्घीय समाजवादी पार्टी (पछि जसपा)बाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवार बनेका  हुन्  । त्यसैगरी मण्डल विसं २०६४ को पहिलो संविधानसभा सदस्य थिए  ।

यसैगरी एमाले–जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र () मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र () बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार छन् । प्रदेशसभामा पनि यिनै दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेशसभा क्षेत्र () मा तीन महिलासहित २५ उम्मेदवार हुनुहुन्छ । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ छ । त्यसैगरी प्रदेशसभा क्षेत्र () मा २० उम्मेदवार रहनुभएको छ । यहाँ एक मात्र महिला उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए  ।

महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता छन् । कुल ६० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र कायम गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्