जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा

Ad
  • कालोपाटी सम्बाददाता

निर्वाचनको मौन अवधि सुरु हुन केही दिनमात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–२ () मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)बाट पदम रोकाया, नेकपा (एमाले)बाट टेकराज पछाईँ र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावत उम्मेदवार छन्  ।

बस्नेतले कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । सत्ता गठबन्धन भएकाले रोकाया आफु जित्नेमा ढुक्क छन्  । एमालेका पछाईँ संगठन बलियो भएका कारण आफु जित्ने बताउछन्  ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका  रोकायालाई त्यतिबेला एमालेको साथ थियो । पछि उहाँ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका  हुन्  ।

रोकाया र पछाईँलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । उनले ४८ वर्ष कांग्रेसमा रहेर राजनीति गरे  । जुम्लामा ८३ मतदानस्थल, एक सय छ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा () मा ३६ हजार सात सय ८३ र प्रदेशसभा () मा ३१ हजार आठ सय ५५ मतदाता छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । एमाले पालिका नेतृत्वविहीन अवस्थामा छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका प्रदेश () मा पर्छन् । यस्तै प्रदेशसभा () मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धीरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्