रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए  ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए  । पछिल्लो समय उनी  नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए  ।उनको  आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।उनका  दुई छोरा र दुई छोरी छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्