आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/११/०८ देखि २०७९/११/१०)

Ad
  • कालोपाटी सम्बाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

 २०७९ फागुन ८ गते (सोमवार)

दिउँसोː प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन ९ गते (मंगलबार)

दिउँसोː प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन १० गते (बुधबार)

दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श :

प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्