राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

Ad
  • कालोपाटी सम्बाददाता

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्यागेका छन् । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका  हुन् ।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए  । नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने  भएका छन्  ।

राष्ट्रपतिको कार्यालयलेउनको  शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्