अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्  ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे  ।

मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ”, उनले  भने , “पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।” महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्