राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन्  ।

राष्ट्रपति निवासमा आज उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्‍यएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । “उनले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गरे ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गरेका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्