एनआइसी एसिया ग्रोथ फन्ड-२ मा आवेदन दिने सोमबार अन्तिम दिन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनआइसी एसिया ग्रोथ फन्ड-२ मा आवेदन दिने सोमबार अन्तिम दिन हो । बैंकका लगानीकर्ताले सोमबार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

एनआइसी एसिया ग्रोथ फन्ड-२मा  यसअघि पहिलो चरणमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने भएको थियो । तर, उक्त समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो ।

क्यापिटलले मंसिर ४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्रीमा ल्याएको हो । क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

त्यस्तै, लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । न्यूनतम सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्