रास्वपाद्धारा एनसेलको सेयर खरिद-ब्रिकीबारे निष्पक्ष छानबिन गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको सेयर खरिद-ब्रिकीबारे निष्पक्ष छानबिनको माग गरेको छ । बुधबार समिति सभापति सन्तोष चालिसेलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।

रास्वपा सांसदद्वय डा.स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले यसबारे निष्पक्ष छानबिन गर्न संसद्को अर्थ समितिको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने, ‘एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ । अजियाटा कम्पनिले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिनुभएको छ त्यसले भोली नेपालका लगानीको वातावरण कसरी बन्छ ?’ उनले एउटा कम्पनीको एक जना व्याक्तिले देशमा लगानीको वातारवण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा अजियाटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्