उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गएको छ: योजनामन्त्री लामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताएका छन् । सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल विकासबाट पछि पर्नुुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताएका छन् । लामाले भने, ‘नेपालमा जनैदेखि सियो-धागोसम्म पनि विदेशबाट ल्याउने गर्दा आर्थिक अवस्था बिग्रँदै गएको छ । आर्थिक सङ्कटको प्रमुख कारण विदेशी वस्तुमा रमाउदा र स्वदेशमा कामको सम्मान पनि नहुँदा समस्या उत्पन्न भएको हो ।’

यस्तै, राज्यबाट विनियोजित रकम  सरकारको त होनी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको योजनामन्त्रीले उल्लेख गरेका छन् । क्रसर उद्योग सञ्चालनमा ल्याउन गरेको मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान छ तर विदेशी नीतिको नक्कल गरेकैकारण देशका क्रसर सञ्चालनमा नआएको जानकारी दिएका छन् ।

देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा योजनामन्त्री लामाले जोड दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्