नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने, बुक क्लोज कहिले ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १३ गते गर्ने भएको हो ।

उक्त सभा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने भएको छ ।

सभाले कम्पनीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने भएको छ । कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई ४ वर्षका लागि  नियुक्त गर्ने निर्णयसमेत सभाले अनुमोदन गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि चुक्तापुँजी पनि बढ्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ। वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीका अनुसार, मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले उक्त कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्