बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, बुधबार प्रतितोला १लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ  ।  तेजाबी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १४६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ६ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार २ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्