प्रधानमन्त्री दाहाल र अमेरिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री दाहाल र अमेरिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट भएको हो ।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल-अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल भएको हो ।

त्यस्तै, बुधबार प्रधानसेनापति प्रभुराम शर्मालाई भटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्