चितवनमा धान उत्पादन घट्यो, कारण यस्तो ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनमा धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको हो ।

यसवर्ष धानको उत्पादकत्वमासमेत कमी आएको छ । त्यहाँ २६ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । जसमा १ लाख १२ हजार १ सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएका छन् ।

गत वर्ष २७ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरेका थिए । त्यसमा १ लाख २४ हजार ७ सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिएका छन् ।

उक्त वर्ष उत्पादकत्व ४.६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार ५ सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो ।

त्यस्तै, कार्यालयका योजना अधिकृतले भने, ‘समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।’ समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए ।

धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्