मोरङमा आगलागी हुँदा तीन जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मोरङमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-७ स्थित कबाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो ।

अचानक आगलागी हुँदा विराटनगर-६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । उनका अनुसार सुशीलाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दिपकको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सुनिताको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज बिहीबार मृत्यु भएको छ ।

त्यस्तै, आगोमा परी घाइते भएका विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगेका छन् ।

उक्त आगो ६ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरेका थिए । साथै, आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्