नेपाल राष्ट्र बैंकको बोर्ड बैठक जारी, नीति खुकुलो पार्न अर्थमन्त्रीको सुझाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (आज) शुक्रबार सार्वजनिक गर्ने तयारी भएसँगै नेपाल राष्ट्र बैंकको बोर्ड बैठक चलिरहेको छ । बैठक अघि अर्थमन्त्री प्रकाश शरण महतले गभर्नरसहित बोर्डलाई अर्थमन्त्रालयमै बोलाएर नीति खुकुलो पार्न सुझाव दिएका छन् । स्रोतका अनुसार अर्थमन्त्री महतले विभिन्न लगानीका क्षेत्रलाई सहज हुनेगरी नीति खुकुलो पार्न सुझाव दिएका हुन् ।

यस्तै, मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत खुकुलोपन आमरुपमा अपेक्षा गरिएपनि राष्ट्र बैंकले भने नीतिमा खासै ठूलो हेरफेर नगर्ने संकेत दिसकेको छ । गभर्नर महाप्रसाद अधिकारीले केही समय अघि सार्वजनिक कार्यक्रममा नीतिको समीक्षा केही ढिलो हुँदैमा आकाशै नखसिहाल्ने टिप्पणी गरेका थिए ।

सेयरबजार, रियल स्टेट लगायत क्षेत्रमा ठूलो पुँजी फस्दा अर्थतन्त्र नै चलायमान हुन नसकेको जानकारहरु बताउँछन् । सेयरबजार निकै उच्च विन्दुमा पुग्दा बढाइएको जोखिम भार अहिले निकै कम विन्दुमा झर्दा पनि हेरफेर नगरेकोमा धेरै लगानीकर्ताले गुनासो गर्ने गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्