अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ मा बस्ने ३१ वर्षीय ट्रकका चालक सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो ।

महेन्द्र राजमार्गको शीतगङ्गा-८ सातमाराको राप्ति पुल नजिकै ना ६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिएका छन् । दुर्घटना भएपश्चात् उनीहरुको जेनस अस्पताल बुटवलमा उपचार भइरहेको थियो ।

उक्त व्यक्तिहरुको उपचारका क्रममा  मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्